0
Shares
काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण गए राति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको छ ।