सुनको मूल्य फेरि घट्यो

0 Shares

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ८२ हजार ४०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेर ४ हजार २८० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार