आज मिति २०८३ साल असार १५ गते सोमबार । सन् २०२६ जुन २९ तारिख । नेपाल संवत् ११४६ । ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि एवं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन । आज बिहान ५ बजेर १२ मिनेटमा झुल्किएको घाम साँझ ७ बजेर एक मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय भए पनि सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ ।
बृष
मेहनतले सम्मानित स्थान दिलाउने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक काम सफल रहने देखिन्छ ।
मिथुन
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने योग छ । तार्किक क्षमता वृद्धि होला ।
कर्कट
शुभतासँगै प्रगतिको दर बढ्नेछ । रोकिएको काम अघिबढ्लान् । तपाईंबाट भएका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । व्यापार(व्यवसायमा राम्रै फाइदा हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला ।
सिंह
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र कामले धेरैको मन लोभ्याउन सकिनेछ समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, सजग रहनुहोला ।
कन्या
नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले आजको दिन खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउन सक्छ, सजगता अपनाउनु उचित हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । विपरीतलिंगीको साथ(सहयोग रहला ।
तुला
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । परोपकारी कर्ममा मन जाने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
वृश्चिक
शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिने छन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ ।
धनु
पहिलेका कमजोरी सुधार्दै लाभ उठाउने अवसर मिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तर अनावश्यक भ्रमण हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । मेहनतले राम्रै प्रतिफल दिलाएपनि खर्च वृद्धि हुने योग छ । सहयोगीहरूले भने काममा उत्साह जगाउने छन् ।
मकर
बोलीको भरमा काम सम्पादन हुने तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने सम्भावना छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । पढाइलेखाइमा केही बाधा पुग्ने योग छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
कुम्भ
मिश्रित फलदायी समय छ । पारिवारिक सहयोग प्राप्त हुनेछ तर नियमित कार्यमा पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पुरानो रोगले पनि सताउने सम्भावना छ, खानपान आदिमा सजग रहनुहोला । विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । आय(आर्जनको माध्यम बिगार्न खोज्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनु उचित हुनेछ ।
मीन
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । आजको दिन नयाँ स्थानमा यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तजनसँग सम्बन्ध चिसिन सक्छ, व्यवहारमा लचकता अपनाउनु उचित होला । रसरागको भाव वृद्धि हुनेछ ।