0
Shares
काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको आफैँले चलाएको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ ।
५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १ -००१ झ ०००८ नं को गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका २ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।