छोराको कुटपिटबाट आमाको मृत्यु

0 Shares

काठमाडौँ । भक्तपुरको सूर्यविनायकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।

गए राति सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार, भातेढिकुर चोकमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ की ४० वर्षीय मेघिया चौधरीलाई उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए।

शुक्रबार साँझ पौने ८ बजेट किरणले मेघियालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई सूर्यविनायक नगर अस्पताल भर्ना गरिएको थियो।

त्यहाँ सामान्य उपचारपछि वीर अस्पताल लगिएको थियो। वीर अस्पतालबाट राति नै पाटन अस्पताल लगिएको थियो।

पाटन अस्पतालका चिकित्सकले राति ११ बजे मेघियालाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ।

कुटपिटमा संलग्न किरणलाई प्रहरीले राति नै पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार