0
Shares
काठमाडौं । पूर्वअर्थ मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेसँगै पार्टीभित्र तरङ्ग पैदा भएको छ ।
उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रम स्थलबाटै सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो । कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए।
यसपछि प्रहरीले ‘जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आजै पत्र पठाएको थियो ।
कार्यक्रममा एमालेका नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र रामबहादुर थापा ‘बादल’लगायतका नेताहरू थिए ।