कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

0 Shares

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो।

यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए।

सम्बन्धित समाचार