0
Shares
काठमाडौं । नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका(२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौँको शङ्खपार्कबाट पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका राईविरुद्ध लागुऔषध खैरो हिरोइनसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए।
विसं २०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी रहेको ब्युरोले जनाएको छ। पक्राउ परेका निजलाई आवश्यक प्रक्रिया पूरा गरी पुनःकेन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रवक्ता रेग्मीले बताए।