पौडी खेल्न गएका दुई युवाको मृत्यु

0 Shares

काठमाडौं । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका १० स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी १३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका ४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । तादी खोलामा पौडी खेल्न गएका छ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो ।

अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो ।

सम्बन्धित समाचार