0
Shares
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो उपहार दिएका छन् ।
काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धुलो र कष्ट व्यहोर्नु परेको भन्दै बालेनले यस्तो उपहार दिएका हुन् । उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालयअगाडि एक ट्रक धूलो खन्याएको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले चेतावनी दिएका हुन् ।