राप्रपाले मंसिरमा महाधिवेशन गर्ने

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरू हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने लिङदेनले बताए ।

केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उहाले जानकारी दिए ।

सम्बन्धित समाचार