काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड

0 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाको अनुमानित बजेट पेस गरेको छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् ।

महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न रु २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैया अन्य वाह्य व्ययभार हुनेगरी उक्त बजेट ल्याइएको जानकारी गराइन् । चालू आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । आगामी वर्षको बजेट सार्वजनिक गर्दै डंगोलले भनिन् ‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।’

कार्यबाहक मेयर डंगोलले बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरेकी छिन् भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत रु १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार