सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

0 Shares

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।

थुनछेक बहस सकिएसँगै उनीहरूविरुद्ध यस्तो आदेश भएको हो । प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार