मन्त्री रावलको दाबी, तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता भयो

0 Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पछिल्लो तीन महिनामामात्रै एक हजार ४ सय ५२ सहकारी बचतकर्ताहरूको रकम फिर्ता गरिएको बताएकी छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले पछिल्लो तीन महिनामा आठ वटा समस्याग्रस्त सहकारीका रुजु भएका दस हजार वा सोभन्दा मुनिका १ हजार ४ सय ५२ साना बचतकर्ताहरूको रु ५९ लाख ४ हजार ६ सय बचत फिर्ता गरिएको जानकारी दिइन् ।

साथै तीन महिनामा तीन करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भइसकेको उनले बताइन् । उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएका मन्त्री रावलले जानकारी दिइन् ।

उनले सहकारीको क्षेत्रमा व्यथिति सम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षहरूमा प्रभावकारी अनुगमन र नियमनको अभाव तथा भावी कार्यक्षेत्र विस्तार सेवा केन्द्रको थप विषय औँल्याएको उल्लेख गरिन् । उनले वर्तमान सरकारले यस समस्याको दीर्घकालीन समाधान तथा बचतकर्ताहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यका साथ काम अगाडि बढाइसकेको जिकिर गरिन्

समस्याग्रस्त सहकारी मात्र नभई देशका अन्य सहकारीको प्रभावकारी अनुगमन कार्य पनि छिट्टै सुरु गर्न लागिएको उनले बताइन् ।

सम्बन्धित समाचार