0
Shares
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या उल्लेख गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरू उठेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै अध्यक्ष साम्पाङले सुकुम्बासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीको समस्या भएको बताउँदै ध्यानाकर्षण गरेका हुन् ।
यसबाहेक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए ।