0
Shares
काठमाडौं । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागू औषधसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगर २ भन्के बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०:४० बजे उनकै घरबाट लागू औषधसहित नियन्त्रणमा लिएको हो ।
सोही क्रममा तुलसीपुर २ बालापुर बस्ने २१ वर्षीय जिवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।