मधेस सरकारको आगामी आवको बजेट आज पेश हुँदै

0 Shares

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्र युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्ने मधेश प्रदेशसभाको आजको सम्भावित कार्यसूची छ । प्रदेश सरकारले चालू आवका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो ।

मधेस प्रदेश सरकारले आव २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणमा प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख छ ।

सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइनमार्फत मधेस प्रदेशका १३६ स्थानीय तहअन्तर्गत एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको छ ।

त्यस्तै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।

सम्बन्धित समाचार