अमेरिका-इरान सम्झौतामा रोक्का सम्पत्ति फिर्ताको माग, अमेरिकाको कब्जामा कति छ इरानी सम्पत्ति?

0 Shares

काठमाडौं । अमेरिका र इरानबीच प्रस्तावित सम्झौता हुने भएसँगै परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा राहत, हर्मुज पुनः खोल्ने र इरानको कब्जा सम्पत्ति फुकुवाजस्ता धेरै मुद्दाहरू समावेश गरिएको छ ।

रिपोर्टअनुसार इरानका एक वरिष्ठ अधिकारीले दुई देशबीच एक मस्यौदा सम्झौता तयार गरिएको थियो । जसमा तेल प्रतिबन्ध, परमाणु कार्यक्रम र आर्थिक राहतजस्ता धेरै महत्वपूर्ण मुद्दा समावेश गरिएको छ ।

यो प्रस्तावित सम्झौताअन्तर्गत सबैभन्दा ठूलो कदम भनेको इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई तत्काल सबै व्यापारिक जहाजका लागि खुला गर्ने छ ।

यस्तै, मस्यौदामा अमेरिकाले इरानको जफत गरिएको २५ अर्ब डलर बराबरको सम्पत्ति पनि सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । यो रकम प्रत्यक्ष नगद स्थानान्तरण, क्षेत्रीय देशहरूसँग सहयोग र वित्तीय ‘क्रेडिट लाइन’हरू मार्फत उपलब्ध गराउन सकिन्छ ।

साथै अमेरिकाले इरानको पुनर्निर्माण र विकासका लागि योजना तयार गर्न आफ्ना क्षेत्रीय सहयोगीहरूसँग काम गर्ने छ । जुन तेहरानसँगको वार्ताबाट ६० दिनभित्र हुनेछ ।

यो मस्यौदा तयार भई सहमति भएमा आगामी ६० दिन युद्धविराम अवधि लम्बिने छ । यो समयमा युद्ध अन्त्यका लागि अन्तिम सम्झौता हुनेछ ।

सम्बन्धित समाचार