आज मिति २०८३ साल जेठ ३० गते शनिबार । सन् २०२६ जुन १३ तारिख । नेपाल संवत् ११४६ । अधिक जेठ कृष्णपक्षको त्रयोदशी तिथि । आज बिहान ८ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नु हुन अनुरोध छ । आज बिहान ५ बजेर ९ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । बिस्तारै कामहरु बन्न थाल्नेछन् । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइ एवम् सिर्जनात्मक कार्यमा मन जाला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
बृष
रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभका साथै प्रेमको प्रसङ्ग सुखद रहने योग छ । जोश, जाँगर र उत्साह–उमंग देखापर्नेछ । आफूभन्दा विशिष्ट ब्यक्तिको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु उचित हुनेछ ।
मीथुन
कर्मबल वृद्धिका साथै आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु लाभकारी होला । गरिआएको कामबाट विशेष उपलब्धि प्राप्त हुने तथा धनलाभको योग छ ।
कर्कट
केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने सम्भावना छ । धेरै बोल्ने बानीले दुःख पाइएला, बोली र व्यवहारमा नियन्त्रण राख्ने प्रयास गर्नु हितकर होला ।
सिंह
अधुरा काम बन्ने तथा नयाँ काम पाइने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्यामा आफन्तजन सहयोगी बन्ने छन् ।
कन्या
आजको दिन सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बिघ्न पैदा गर्न सक्छ । अनपेक्षित रूपले खर्च बढ्ने योग छ । कामकै पछि लागे पनि नियमित कार्यमा अलमल बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता प्राप्त होला ।
तुला
आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने समय छ । रोकिएका कामहरु बन्न थाल्नाले उत्साह वृद्धि होला । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामथ्र्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ । सुख(सुविधाको वस्तुमा लगानी होला ।
वृश्चिक
धैर्यधारण गरी परिश्रम गर्नेका लागि आजको दिन विशेष फलदायी रहनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । रसरागमा आकर्षण बढ्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला ।
धनु
मिश्रित फलदायी दिन छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । जगिरमा पनि समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।
मकर
सहयोगको आशा देखाउनेले धोका दिन सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर हुनेछ । जथाभावी खर्च नियन्त्रणको प्रयात्न गर्नुहोला ।
कुम्भ
यश वर्चश्व बढ्ने र विरोधिले पनि तारिफ गर्ने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु सार्थक रहनेछन् भने दीगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सही विचार आउनाले दिन उत्साहजनक रहनेछ ।
मीन
शुभदायी समय छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने नवीन रोजगारीको सम्भावना छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ, यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ ।