पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ

0 Shares

काठमाडौँ। पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । सीसी क्यामेराबाट उनीहरुको चोरी पत्ता लागेको अधिकारीले बताए ।

‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सीसी क्यामेरामा हेर्दा देखिएपछि कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ’ उनले भने ।

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी हुन् । पक्राउ परेका परियारले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

सम्बन्धित समाचार