हावाहुरीले २० भन्दा बढी घरमा क्षति

0 Shares

काठमाडौं । मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० वटा भन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।बगुवनमा १५ वटा घरको छाना उडाएको र घर भित्र रहेको अन्न र लत्ताकपडा भिजाउँदा समस्या परेको स्थानीय बुद्ध राज विश्वकर्माले बताए ।

यसै गरेर बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानीको ट्यान्की हावाले ढलाएको र बिजुली बत्ती नहुँदा समस्यामा परेको गुनासो गरे ।

पालिकाको बगुवनमा १५ , सिसेनी गाउँमा ५ घर र अन्य स्थानमा पनि हावाहुरीले घरको छाना उडाएको वडा अध्यक्ष दिपक पौडेलले बताए ।

सम्बन्धित समाचार