इरानले खसाल्यो चार अर्ब बढी पर्ने अमेरिकी ड्रोन

0 Shares

काठमाडौं । इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली पूर्ण रूपमा सक्रिय पारेको छ। इरानी सेनाले एक हेलिकोप्टर र अमेरिकी एमक्यिु ९ रिपर ड्रोन खसालेको दाबी गरेको छ । एउटा एमक्यिु ९ रिपर ड्रोनको मुल्य ३० देखी ३४ मिलियन डलर पर्छ । ३४ मिलियन डलर भनेको नेपाली करिब ४ अर्ब ५० करोड पर्न आउँछ ।

हिँजो अमेरिकाको अपाचे हेलिकप्टर खसालेको इरानी सेनाले आज पनि अर्को हेलिकप्टर खसालेको दाबी गरेको छ । तर उसले कुन देशको हेलिकप्टर भन्ने   खुलाएको छैन । एमक्यिु ९ रिपर ड्रोनअमेरिकी सेनाले निगरानी, गुप्तचर सूचना संकलन तथा आक्रमणका लागि प्रयोग गर्ने अत्याधुनिक ड्रोन हो।

ड्रोन बुशेहर नजिक खसालिएको दाबी गरिएको छ। बुशेहर फारसको खाडी क्षेत्रमा अवस्थित महत्वपूर्ण सामरिक क्षेत्र हो।
यो क्षेत्र होर्मुज जलमार्ग नजिक पर्ने भएकाले विश्व ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ।

यस्तै इरानले आजै जोर्डनस्थित अमेरिकी बेस र बहराइनमा पनि आक्रमण गरेको छ ।

सम्बन्धित समाचार