गृहमन्त्री सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिन गर्ने निर्णय

0 Shares

काठमाडौं । गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका सुधन गुरुङले गम्भीर प्रकृतिकासहित चारवटा निर्णय गरेका छन्। उनले पदभार ग्रहणका क्रममा मंगलबार चारवटा निर्णय गरिएको बताएका छन्।

गृहमन्त्री गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताए । त्यसैगरी राजा वीरेन्द्र शाहको वंशनास हुने गरी २०५८ जेठ १९ गते भएको नारायणहिटी हत्याकाण्डबारे थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय भएको पनि गुरुङले बताए । उनले उक्त हत्यकाण्डसम्बन्धी यसअघि भएका छानबिनका सबै फाइल खोल्दै नयाँ छानबिन प्रक्रिया अघि बढाउने पनि घोषणा गरे ।

यस्तै गृहमन्त्रालय र मातहतका निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन एसआईभीटी गठन गर्ने निर्णय भएको पनि उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोअन्तर्गतका पेन्डिङ फाइल तत्काल टुंगो लगाउन द्रुत गतिमा काम थालिने उनले बताए । अब ब्यूरोमा विशिष्ठिकृत समूह बनाएर सबै मुद्दाको फाइल खोलिने पनि उनले बताए ।

सम्बन्धित समाचार