काठमाडौं। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित भएका सांसद हुन्।
गुरुङ यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। नयाँ मन्त्रिपरिषद् पुनर्गठनसँगै उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।
त्यसैगरी, महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यसपटक उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।