अब पोखरा–दुबई नियमित हवाई उडान

0 Shares

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको छ । आगामी भदौ ७ गतेदेखि पोखराबाट फ्लाइ दुबईले नियमित उडान भर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार