विश्वकप हेर्न हिँडेका एन्फा पदाधिकारीलाई अध्यागमनले विमानस्थलबाट फर्काइदियो

0 Shares

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्न हिँडेका अखिल नेपाल फुटबल संघ (एन्फा)का दुईजना पदाधिकारीलाई अध्यागमन विभागले रोकिदिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले वैदेशिक भ्रमणमा जान नदिनु भनेर पठाएको पत्रका आधारमा अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई रोकिदिएको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार मन्त्रालयबाटै उनीहरूको भ्रमण रोकिदिनु भनेर हामीकहाँ अनुरोधसहित पत्र आएको थियो’, विभागका प्रवक्ता टीकाराम ढकालले भने, ‘हामीले त्यही पत्रका आधारमा उनीहरू दुवैजनालाई वैदेशिक यात्रामा जानबाट रोकिदिएका हौँ ।’

ढकालले राखेपको अनुरोध कार्यान्वयन गर्दै दुवैजनालाई मंगलबार बिहान विमानस्थलबाटै फिर्ता पठाइएको जानकारी दिए ।

सम्बन्धित समाचार