सरकारलाई बालेनको चेतावनी- सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

0 Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सिंहदरबारदेखि कुनै पनि नेताहरूको घरबाट निस्किएको फोहोर नउठ्ने बताएका छन् ।

‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ, यो सरकारले,’ उनले भने ।

मेयर बालेनले देशमा रहेका भ्रष्टाचारीहरूलाई समाउन नसक्ने सरकारले फोहोर बोक्ने गाडीका चालकलाई समाएको भन्दै आक्रोश पोखेका हुन् ।

‘जबसम्म ससम्मान चालक रिहा हुनन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन,’ उनले थपे ।

सम्बन्धित समाचार