नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको माध्यमबाट हेर्न चाहेका छौँ : परराष्ट्र मन्त्री खनाल

0 Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलन आयोजना गरेका छन्। भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका उनले आफू र आफ्नो भ्रमण टोलीलाई दिइएको आतिथ्यप्रति प्रशंसा गरे। आफूले पूर्ण नयाँ राजनीतिक वास्तविकताको प्रतिनिधित्व गरेको उनको भनाइ थियो।

‘नेपाली जनताको सुशासनको मागअनुसार हाम्रो राजनीतिक उदय ऐतिहासिक रुपमा भएको छ’, उनले पत्रकारहरुसँग नयाँ दिल्लीमा भने, ‘किनभने हामी नयाँ पुस्ताको नेतृत्व हौँ। हामी कठिन विगतबाट आएका छौँ।’ ‘हामी भारतलाई २१औँ शताब्दीको विकृत, अतिसंवेदनशील भूराजनीतिक लेन्सबाट हेर्न अस्वीकार गर्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नेपाल भारत सम्बन्धको परिभाषालाई नयाँ कोणबाट हेर्न चाहेको छ’, उनले भने।

भूराजनीतिकभन्दा विकास कूटनीतिको चिराबाट दुई देशबीचको सम्बन्धलाई हेर्न चाहेको उनको भनाइ छ। ‘हामी विशुद्ध एउटा पारदर्शी एजेन्डा नेपालको आर्थिक रुपान्तरणको दृष्टिकोणबाट खुल्ला हृदय र आँखाले भारतलाई हेर्न चाहन्छौँ’, उनले भने, ‘सीमापारिको दृश्य हामीले हेर्दा भारत विश्वमा उदाउँदो आर्थिक शक्ति हो। भारतसँग हामी नवप्रवर्तन, प्रविधिलगायतबाट जोडिन चाहन्छौँ।’

सो क्रममा उनले समकक्षी एस जयशंकरसँग दुईदेशीय प्रगति, विकास, जनस्तरीय सम्बन्ध, सहकार्यबारे छलफल गरेको उनको भनाइ थियो।

सम्बन्धित समाचार