माछा मार्न लगाएको करेण्ट लागेर युवकको मृत्यु

0 Shares

काठमाडौं । लमजुङमा करेण्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु भएको छ ।

जिल्लाको दोर्दी गाउँपालिकास्थित किसेदी खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा सोही गाउँपालिका ४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीसहित खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चापाइले बताइ ।

प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । लमजुङ अस्पताल बेँसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकिको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार