0
Shares
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मंगलबार भएको थुनछेक बहसपछि सुनुवाइमा प्रसाईंलाई अदालतले साधारण तारेखमा छाड्न आदेश गरेको हो ।
पर्सा जिल्ला अदालतका इजलास नम्बर १ का न्यायाधीश गायत्री प्रसाईं रेग्मीमा भएको सुनुवाइपछि साधारण तारेखमा राख्न आदेश भएको हो । प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार दर्ता गराएको विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंलाई गत जेठ ४ गते राति सिद्धार्थ दियालो होटेलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।