१९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवक पक्राउ, अर्का फरार

0 Shares

काठमाडौं । एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट दुई युवकलाई पक्राउ गरेको छ।

अर्का एक युवक फरार रहेका प्रहरीले जनाएको छ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ओम, राजेन्द्रसँगै तुलसीपुर उपमहानगरपालिका-८ टिकरी बस्ने २४ वर्षीय राजेश चौधरीले ती किशोरीलाई सामूहिक रुपमा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले ओम र राजेन्द्रलाई पक्राउ गरेको हो।

हाल फरार रहेका राजेशको खोजी भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार