काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।
पहाडी भागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।