सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।

सम्बन्धित समाचार