पहिलो वरियताका सपना प्रधानलाई रोकेर मनोज शर्मा प्रधानन्यायधीशमा सिफारिस

0 Shares

काठमाडौं । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा। मनोज शर्माको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो ।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्‌मा सिफारिस गरेको थियो । जसमा शर्मासँगै हाल कामु रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा.नहकुल सुवेदी रहेका थिए ।

शर्मा सिफारिसमा परेकामध्ये चौथो वरीयताका न्यायाधीश हुन् । हालसम्म नागरिकता र शैक्षिक प्रमाणपत्रको कैफियताका कारण संसदीय सुनुवाइ समितिबाट दीपकराज जोशी अश्वीकृत भएबाहेक प्रधान न्यायाधीशमा रोलक्रम अनुसार नै सिफारिस हुने गरेका थिए । मनोजको सिफारिससँगै यो परम्परा तोडिएको छ ।

जोशी विवादमा परेकै बेला पनि परिषदले वरिष्ठताका आधारमा उनैलाई सिफारिस गरेको थियो, पछि संसदीय सुनुवाइबाट अश्वीकृत भएका थिए ।

सम्बन्धित समाचार