आज मिति २०८३ वैशाख १९ गते शनिबार । सन् २०२६ मे २ तारिख । नेपाल सम्बत ११४६ वछलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि । आज बिहान ५ बजेर २५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३८ मिनेटमा अस्ताउने छ ।
मेष
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउने छन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । तर, आजको दिन कसैसँग वादविवाद र झैझगडाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपानाउनु जरुरी छ ।
बृष
विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । नियमित काममा सहयोगीले साथ दिनेछन् । केही धन र बहुमूल्य धातु संग्रह हुनसक्ने योग छ । पराक्रम र सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ । आरोग्यबल र सुख वृद्धि हुनेछ ।
मिथुन
आजको दिन सामर्थ्य वृद्धि भई नियमित कार्यमा सफलता मिल्नेछ । साहसिक काममा आकर्षण रहला । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । तथापि, आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा भने गरिरहने छन् । प्रतिस्पर्धामा अघि नै परिएला । उद्योग धन्दामा राम्रै सफलता हात पार्न सकिने देखिन्छ ।
कर्कट
मित्रजन एवम् दाजुभाइको साथ–सहयोगले विपक्षीलाई तह लगाउन सकिने समय छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना छ । कृषि र व्यापार–व्यवसायमा भने सामान्य फाइदा हुनेछ ।
सिंह
नोकरी एवम् राजनीतिमा संलग्नहरूलाई विशेष लाभ मिल्ने समय छ । मान सम्मान र पद प्रतिष्ठा पाइएला । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । स्वास्थ्य समस्याबाट जोगिन खानपानमा विशेष सजग रहनुहोला । आफ्नो कमजोरीप्रति टीका टिप्पणी वा गुनासो बढ्न सक्छ ।
कन्या
आजको दिन सामान्य नै रहे पनि नियमित कार्यको बोझ र ब्यस्तता वृद्धि हुने देखिन्छ । घरखर्च बढोत्तरी हुनुका साथै आयआर्जनमा कमी आउने सम्भावना छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्य केही कमजोर रहला । मातृ–स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ ।
तुला
मिश्रित फलदायी समय छ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । महत्वपूर्ण काममा अरूको भरपर्दा असफलता हातपर्न सक्छ, आफ्नै बलबुता लगाउने प्रयास गर्नु उचित हुनेछ । सरकारी कामकाजमा नियुक्तिको सम्भावनाको योग छ । सुखदुःखमा साथ दिने आफन्तजन भेटिनेछन् ।
वृश्चिक
एक साथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहने सम्भावना रहेकोले आजको दिन सफलताको सम्भावना आँकलन गरेरमात्र काममा हात हाल्नु उचित होला । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । दाजुभाइ दिदीबैनी बीचको सम्बन्ध कमजोर बन्ने योग छ । खराब आचरण भएका व्यक्तिहरू नजिकिएर गलत फइदा उठाउन सक्छन्, सजग रहनुहोला ।
धनु
अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय छ । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । तथापि, लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट भने राम्रै लाभ मिल्ने छ ।
मकर
विभिन्न अवसरले पछ्याउनुका साथै व्यापार–व्यवसायमा लगानी बढाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । हिम्मतले काम लिन सकिने छ । घर परिवारमा सुख समृद्धि वृद्धि हुनेछ भने बुद्धिको उपयोगले शत्रुपक्षबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ ।
कुम्भ
रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने योग पनि छ । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिने तर टाढाका साथीभाइसँग भने मित्रता बढ्ला ।
मीन
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिने समय छ । टाढिएका आफन्तसँग पुनर्मिलन होला । प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति पाइने योग छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेमभाव र सुख वृद्धि हुनेछ ।