काठमाडौं । बिहीबार रोल्पामा जिप दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ज्यान गुमाएका २० जनाको सनाखत भएको हो ।
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमामा लाग्ने मेलामा सहभागी हुन यात्रु चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउने सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगर १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
दुर्घटनामा समीर कामी घाइते भएका थिए । सिस्ने ५ का उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
यी हुन् ज्यान गुमाएकाहरू
१, गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२, तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३, युवा बुढाथोकी (२८ वर्ष)
४, दिव्यन बुढाथोकी (१० वर्ष)
५, सृजना बुढाथोकी (२४ वर्ष)
६, सुदीप बुढाथोकी (१३ वर्ष)
७, ओमकुमारी बुढाथोकी (४० वर्ष)
८, मीना कामी (६० वर्ष)
९, लक्ष्मी शाह (६० वर्ष)
१०, रुक्मिणा बस्नेत
११, टेकप्रसाद बुढामगर
१२, दोरपती जिसी (५४ वर्ष)
१३, तिला जिसी (३२ वर्ष)
१४, जेनिस जिसी (७ वर्ष)
१५, जेनिसा जिसी (१२ वर्ष)
१६, एलिना जिसी (२५ वर्ष)
१७, संयोग जिसी (७ वर्ष)
१८, यमबहादुर जिसी, घोराही–१३, दाङ
१९, धनमाया विष्ट शान्तिनगर, दाङ (हालः सिस्ने–५, रुकुम पूर्व)
२०, बेदु कामी (४२ वर्ष)– सवारी चालक