वैशाख १८ गते शुक्रबारको तपाई दिन कति शुभ?

0 Shares

आज मिति २०८३ वैशाख १८ गते शुक्रबार । सन् २०२६ मे १ तारिख । नेपाल सम्बत ११४६ वछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख शुक्ल पक्ष पुर्णिमा तिथि । आज बिहान ५ बजेर २६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आरोग्य बल बढ्ने समय छ । यश–वर्चश्व बढ्नेछ, मानसम्मान पनि पाइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु हितकर हुनेछ । अनुकुलता वृद्धिका बाबजुद आज आफू केही कमजोर भएको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सकिने छ । पढाइलेखाइमा चाहेअनुसार समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने छ ।

बृष

प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुहोला । कर्मबल बढ्नेछ तर कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार पाइने योग छ । दाम्पत्य सम्बन्धमा समझदारी बढ्न सक्छ । बोली र व्यवहारले प्रशंसा दिलाउला ।

मिथुन

प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । प्रतिभाको कदर होला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्दै हुनुहुन्छ भने अघि बढ्न सक्नुहुनेछ । धेरैलाई लाभ हुने कार्य गर्न सकिने छ ।

कर्कट

दिन केही चुनौतीयुक्त रहला । कम उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउँमा धननाश हुने योग छ, सजग रहनुहोला । दौडधुप बढ्ने छ र उद्योग–व्यापारमा सामान्य फाइदा मिल्ने छ ।

सिंह

श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परदेशमा हुनेलाई घर–परिवारको यादले अलिक सताउने योग छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । नियमित कार्यमा व्यस्तता वृद्धि हुनेछ ।

कन्या

आजको दिन आलश्य गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ, तर मेहनतीहरूका लागि उत्साहजनक समय छ । रोकिएको काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ला । विरोधिपक्षको चलखेल बढ्नाले चुनौती सामना गर्नपर्ने देखिन्छ । नयाँ काममा हात हाल्ने समय आएको छ ।

तुला

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, तर व्यापार–व्यवसायमा लाभ हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विद्याका साथै मान प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । खर्च पनि केही बढ्ला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक

आजको दिन अनुकूलता वृद्धि भएको अनुभूति हुनेछ । बोली र व्यक्तित्वको प्रभावले धेरैको मन जित्न सकिएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ भने चिताएका काम क्रमशः सम्पादन हुनेछन् । आर्थिक उपार्जन हुने योजनामा लगानी बढाउने मौका जुर्न सक्छ, तथापि अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ ।

धनु

व्यक्तिगत एवम् पारिवारिक समस्याको समाधान मिल्ने र यात्रापरक काम बन्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सहयोगीका माध्यमबाट विशेष काम बन्ने र सेवामूलक कामबाट धनलाभ हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्ति हुनेछ । फलदायी यात्राको अवसर जुर्ला । व्यापार व्यवसायबाट खासै लाभ नमिल्न सक्छ ।

मकर

आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्ने र हठ गर्ने बानीले समस्या निम्त्याउने योग छ । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । विवादबाट बच्न बोली र व्यवहारमा नियन्त्रण गर्नु हितकर होला ।

कुम्भ

सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला ।

मीन

मिश्रित फलदायी समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तर, नियमित कार्यमा अरूको भर पर्दा धोका हुनेछ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइने देखिन्छ । पहिलेको उपलब्धिले उत्साह जगाउला, तर खर्चको भार वृद्धि हुने योग छ ।

सम्बन्धित समाचार