राप्रपाको सुरु भयो प्रदेश स्तरको समीक्ष बैठक

0 Shares

काठमाडौं । राप्रपा बागमती प्रदेश स्तरीय समीक्षा बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले बैठक जारी छ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक विषयदेखि चुनावी परिणामको बारेमा ब्रिफिङ गर्नेछन्। बैठकमा पार्टीका पूर्व अध्यक्ष, नेताहरू एवं जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्रका अध्यक्ष, हालै सम्पन्न निर्वाचनका उम्मेदवार, जिल्ला निर्वाचन समितिका संयोजक र केन्द्रीय सचिवालयले तोकेका पर्यवेक्षकहरूको सहभागिता रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

चुनावी परिणाम अपेक्षित नआएपछि राप्रपाले प्रदेश स्तरीय समीक्षा कार्यक्रम गर्दै आइरहेको छ।

सम्बन्धित समाचार