0
Shares
भोजपुर । वर्षाका कारण सडक अवरुद्ध भएको छ । विद्युत् सेवा प्रभावित भएको छ ।
जिल्लाको भोजपुर नगरपालिका ५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले दैनिक सवारी साधन आवतजावत गर्छन् ।
हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ ।
यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।