सन्दीप लामिछाने पुगे उच्च अदालत

0 Shares

काठमाडौं । सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । आफ्नो मुद्दामा अन्तिम सुनुवाइ चलिरहँदा उनी अदालत गएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका उनको मुद्दा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ जारी छ ।

गौशाला २६ माथि बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका थिए । उनलाई जिल्ला अदालतले आठ वर्ष जेल र पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति तोकेको थियो ।

उनीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइपछि फैसला आउने तयारी भइरहेको छ । सन्दीप अदालत पुगेसँगै सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझपछि गौशाला २६ को पक्ष पनि उच्च अदालत पाटनमा पुनरावेदन दिन पुगेको छ ।

सम्बन्धित समाचार