काठमाडौंका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध

0 Shares

काठमाडौं । आज बिहीबारदेखि काठमाडौंका विभिन्न स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

उल्लेखित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार