काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशको बागडोर सम्हालेको महिना दिन वित्न नपाउँदै दुई मन्त्रीले राजीनामा दिएका छन् । बालेन सरकारका गृहमन्त्री सुधन गुरुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले महिना दिन नपुग्दै राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री बालेनले गत चैत १३ गते जिम्मेवारी सम्हालेका थिए । बालेनले जिम्मेवारी सम्हालेको वैशाख १३ गते बल्ल एक महिना पुग्दै छ । तर, एक महिना नपुग्दै गृहमन्त्री सुदन विचौलिया दिपक भट्टसँगको साठगाठमा ब्यापारिक साझेदारी गरेको आरोप लागेपछि राजीनामा दिएका छन् । गुरुङले कमाएको अकुत सम्पत्तीको स्रोत पनि खुलेको थिए भने विचौलिया भट्टसँग साठगाठ भएको तथ्यहरु बाहिर आएपछि बुधबार राजीनामा दिएका छन् । सुधनले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् ।
यस्तै श्रम मन्त्री साहले श्रीमतीलाई बीमा बोर्डमा नियुक्ति दिएको आरोप लगाएपछि १४ दिनदिनमै राजीनामा दिएका थिए । श्रम मन्त्रीलाई स्पष्टीकरण समेत दिने मौका नदिएर जिम्मेवारीबाट हटाएको थियो । यसअघिका सरकार एक महिनासम्म मन्त्रीमण्डललाई पूर्णता दिन समय लाग्यो । राष्टिय स्वतन्त्र पार्टी( रास्वपा)ले झण्डै दुई तिहाई बहुमत ल्याएपछि महिना दिन नपुग्दै दुई मन्त्रीले राजीनामा दिन बाध्य भएका छन् ।
गृहमन्त्री सुदनलाई पार्टी सभापति रबि लामिछाने र प्रधानमन्त्री बालेनले स्पष्टीकरण समेत सोधेनन् । रबि बालेनले हटाउनुभन्दा आफै मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । चौतर्फी दबाब भएपछि गृहमन्त्रीले राजीनामा दिएका छन् । बालेनले मन्त्रीहरुलाई जथाभावी बोल्ने र चलखेल गर्ने पाएमा जुनसुकै बेला हटाउन सकिने भएकाले सचेत गराइ सकेका छन् ।