पौडी खेल्न गएका दाजुभाइको निधन

0 Shares

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको निधन भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा दाङको बबई गाउँपालिका ७ ओदाले घाटमा डुबेर दाजुभाइको निधन भएको हो ।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले जानकारी दिए ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटना स्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

सम्बन्धित समाचार