बलात्कारको आरोपपछि पाँच पाण्डवबाट बले ‘आउट’, सुशील सिटौलाले पाए अवसर

0 Shares

काठमाडौं । अमेरिका बस्दै आएकी संगम विष्टले बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट कलाकार सागर लम्साल क्षेत्री (बले) आउट भएका छन् ।

उनको स्थानमा सुशील सिटौलालाई भित्र्याइएको छ । छायांकन भइरहेको चलचित्रमा सिटौलाले इन्ट्री पाएका हुन् ।

सुशीललाई अनुबन्ध गराउँदै चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले सिटौला मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुने बताए ।

केही समयअघि यो चलचित्रमा थप दुई कलाकारहरू अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी भित्रिएका थिए ।

चैत २ गतेदेखि झापा आसपासमा छायांकन भइरहेको यो चलचित्रबाट बले निकालिँदा उनको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको थियो ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिने छन् ।

यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायतको पनि मुख्य भूमिका रहने छ ।

सम्बन्धित समाचार