नौ वर्षअघि काम खोज्दै मलेसिया पुगेका युवकको मृत्यु

0 Shares

काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका बैतडीका एक युवकको मृत्यु भएको छ ।

मेलौली नगरपालिका १ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर उनको मृत्यु भएको जनाइएको छ ।

दिपक विगत नौ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । उनको शव नेपाल ल्याउन पहल भइरहेको वडाध्यक्ष सरद नेगीले जानकारी दिए । उनको मृत्युसँगै परिवार शोकमा डुबेको छ ।

सम्बन्धित समाचार