ललितपुरमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, एक जना घाइते

0 Shares

काठमाडौं । ललितपुरको नख्खु दोबाटोमा बसले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो ललितपुर महानगर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १-०२-०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि अल्का अस्पताल लगिएकोमा उपचारको क्रममा सविताको मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार