बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार