मेयर बालेन भन्छन्- केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नु पर्छ

0 Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टी–स्टेट) प्रकरणमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई कारवाही गर्नु पर्ने बताएका छन् ।

बालेनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीबन्धु टी स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नु पर्ने बताए ।

अहिलेको अवस्थामा सो जग्गाको मूल्य १० अर्बभन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका हुन् ।

उनले जग्गाको बैना गरेका सबैलाई कानूनी प्रकृयाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तिको बाटो सकिएको उल्लेख गरे ।

साथै, उनले देशको अर्बौंको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानूनी सल्लाहकारसमेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद दिए ।

सम्बन्धित समाचार