स्कुल बसमा आगजनी, मानवीय क्षति हुन जोगियो

0 Shares

काठमाडौं । चितवनको भरतपुरमा विद्यार्थी लिन पुगेको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।

विद्यार्थी लिन गएको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो ।

आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । तीन वटा मोटरसाइकलमा आएको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाए ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार