एमाले संसदीय दलको नेतामा बादल

0 Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए। उनले प्रस्तावक र समर्थक समेत नपाएपछि दाबी छोडेको नेताहरुले बताएका छन् ।

सुरुमा दलको नेतामा बादल सहित सुहाङ, राजेन्द्र राई लगायत नेताहरुले दाबी गरेका थिए । अन्तिममा पार्टी नेतृत्वबाटै दबाब आएपछि बादल दलको नेता हुने बाटो खुलेको हो ।

सम्बन्धित समाचार